बौद्ध टुसालमा बस दुर्घटना हुँदा १८ जना घाइते

494
  •  
  •  
  •  

काठमाडौं, २० वैशाख(ओएनएस) : साँखुस्थित आलापोटबाट रत्नपार्क आउँदै गरेको बस बौद्ध टुसालमा शुक्रबार बिहान दुर्घटना भएको छ ।


साँखु गणेश भैरव यातायातको बा ४ ख ५९३२ नम्बरको बस बिहान ९ः३० बजेतिर बीच सडकमै अनियन्त्रित भइ दुर्घटना भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

दुर्घटनामा परि १८ जना यात्रु घाइते भएका छन् । उनीहरुको ओम अस्पताल र स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।


  •  
  •  
  •