धनगढी, १३ मंसिर (ओएनएस) :
कैलालीमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार ना ५ ख ५४२० नम्बरको बस सहजपुर गाविस वडा नम्बर २ खाँनीडाँडामा दुर्घटना भएको छ । दुर्घटनामा ८ जनाको घटनास्थलमा मृत्यु भएको हो भने ४ जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुने मध्ये डोटीको दौड गाविसकी ५२ वर्षीया बिस्ना भण्डारी र ३२ वर्षीया तिउरी नागरी रहेका छन् । मृत्यु हुनेमा डौड गाविसका मात्रै ८ जना रहो छन् ।
घाईतेहरुको अत्तरियास्थित पद्मा अस्पताल र सेवा नर्सिङ होममा उपचार भैरहेको छ । पद्मा अस्पतालले ३ जना गम्भीर घाईतेलाई थप उपचारका लागि भारत रिफर गरेको जनाएको छ ।
दुर्घटनामा २५ जना घाइते भएका छन् । डोटीको दिपायलबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ आउँदै गरेको बस बस कैलालीलीको सहजपुर भासुभीर मोड नजिकै दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक छ ।
भीमदत्तपन्त राजमार्गमा पर्ने सहजपुर गाविस वडा नम्बर २ बस सडकबाट करिव ५ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ ।
ना ५ ख ५४२० नम्बरको यात्रुबाहक बस राती साढे १२ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परि घाइतेहरुको १० जना कैलालीको अत्तरियास्थि पद्मा अस्पतालमा उपचार भइरहेको ५ भने अत्तरियाकै सेवा नरसि्ह होममा ९ जनाको उपचार भैइरहेको छ।
बसमा ३६ जना यात्रु थिए ।