जीप दुर्घटनामा ३ जनाको मृत्यु, १२ घाइते

385
  •  
  •  
  •  

अर्घाखाँची, २५ चैत(ओएनएस) : अर्घाखाँचीको नुवाकोटमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने १२ यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।

भूमिकास्थान नगरपालिका–८, नुवाकोटको लात्तेबाजमा लु १ ज १२२९ नम्बरको जीप दुर्घटना भएको हो ।
मृतकको सनाखत हुन सकेको छैन ।

घाइतेहरुको अर्घाखाँचीका स्थानीय अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सन्धिखर्कबाट प्यूठानको बरौला जाँदै गरेको जीप सडकबाट झन्डै १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।


  •  
  •  
  •