त्रिशुलीमा ट्रक खस्दा एक जनाको मृत्यु, चार घाइते

228
  •  
  •  
  •  

काठमाडौं, ५ चैत(ओएनएस) : काठमाडौंबाट नारायणगढ जाँदै गरेको ट्रक त्रिशुलीमा खस्दा एक जनाको मृत्यु भएको छ ।

ना ६ ख १४३ नम्बरको ट्रक तीन नम्बर पुलबाट बिहान त्रिशुली नदिमा खसेको हो ।  ट्रक खस्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मृत्यु हुनेको पहिचान खुलेको छैन । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।


  •  
  •  
  •