दुईवटा ट्रक आपसमा ठोक्किदा एक जनाको मृत्यु

451
  •  
  •  
  •  

नवलपरासी, ३ चैत(ओएनएस) : नवलपरासीको कावासोतीमा दुईवटा ट्रक आपसमा ठोक्किएको छ ।
ट्रक ठोक्किएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङ का १८ वर्षीय अनराम रखाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते दाङकै ३० वर्षीय सुदीप राई र २३ वर्षका विनोद लामाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत खरकट्टा जङ्गलमा बिग्रिएर रोकि राखिएको ना ७ ख १०९९ नम्बरको ट्रकमा गुडिरहेको ना ६ ख ११९४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।


  •  
  •  
  •