ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

263
  •  
  •  
  •  

सल्यान, २८ फागुन(ओएनएस) : सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
श्रीनगरबाट लान्तीबजारतर्फ जाँदै गरेको रा १ त ११५१ नम्बरको ट्याक्टर सोमबार राति शारदा नगरपालिका १ शान्तिनगरमा दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक शारदा नगरपालिका १२ का कृष्ण डाँगी र अमर बुढाथोकीको मृत्यु भएको प्रहरीले बताएको छ । ट्याक्टर सडकबाट ३० मिटर तल खेतमा खसेको थियो ।


  •  
  •  
  •