अमेरिकामा सवारी दुर्घटनामा दुई नेपालीभाषीको मृत्यु

54
  •  
  •  
  •  

काठमाडौं, २८ माघ(ओनएएस) : अमेरिकाको कोलोराडो राज्यको अरोरा सहरमा सवारी दुर्घटनामा भुटानी मुलका दुई नेपालीभाषीको ज्यान गएको छ ।

स्थानीय समयअनुसार शनिबार बिहान ६ : ४० मा साउथ च्याम्बर रोड र इस्ट ह्याम्डन एभेन्यूमा दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा सवारी चालक २६ वर्षीय यादव मगर र १७ वर्षीय आशिष तामाङ रहेका छन् । यस्तै, गम्भीर घाइते विमल सुब्बाको युनिभर्सिटी अस्पतालको आसियुमा उपचार भइरहेको छ ।

यसअघि क्यालिफोर्नियामा बस्ने २५ वर्षीय नेपाली विद्यार्थी कुशल शर्माको मृत्यु भएको थियो । प्रहरीका अनुसार तीव्र गतिमा रहेकाले कार सडक किनाराको रुखमा ठोक्किएको हो । कारको ठक्करबाट रुखको आधा भाग क्षतिग्रस्त भएको छ ।

यादवकी बहिनी रेश्मा मगरले दाजु यादव जन्म दिनको शुभकामना पार्टीमा शुक्रबार साथीकोमा गएको र बिहान घर फर्कने क्रममा दुर्घटना भएको जानकारी दिइन् ।  मगर र तामाङको शव अराफो काउन्टिको मुर्दाघरमा राखिएको छ ।


  •  
  •  
  •