दुर्घटनामा २ जनाको मृत्यु

192
  •  
  •  
  •  

सिन्धुली ९ मंसिर (ओएनएस) :  सिन्धुलीको कुशेश्वर ६ दुम्जामा हिजो बेलुकी साढे सात बजे भएको मिनिट्रक दुर्घटनामा २ जनाको ज्यान गएको छ । अन्य २ जना घाईते भएका छन् । दुर्घटनामा परि मिनि ट्रकका सहचालक सिन्धुलीको बस्तिपुर ५ का ३६ बषीय गणेश तामाङको घटनास्थलमा र मत्स्य ७ काभ्रेका २६ वर्षिय जीवन मगरको राती उपचारका क्रममा धुलिखेलमा ज्यान गएकोे हो । २ जना घाईते बस्तीपुरका आइते योन्जन र चमार योञ्जनको धुलिखेलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । बनेपा बाट सिन्धुलीको बस्तीपुर तर्फ जाँदै गरेको बा ३ ख ३९५३ नम्बरको मिनिट्रक दुर्घटना भएको हो । मिनिट्रक अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •