मन्त्रीको मृत्युले भारतको अधिवेसन स्थगित

381
  •  
  •  
  •  

काठमाडौं २१ जेठ (ओएनएस) :  भारतका एकजना नवनियुक्त मन्त्रीको मङ्गलबार बिहान भएको निधनका कारण बुधबारदेखि सुरुहुने भारतको संसद अधिवेशन स्थगित भएको छ । राजधानी नयाँ दिल्लीमा भएको कार दुर्घटनामा परी भारतका नवनियुक्त ग्रामीण विकास र खानेपानी तथा सरसफाईसम्बन्धी मन्त्री गोपीनाथ मुन्डेको मङ्गलबार बिहान निधन भएको थियो । हालैमात्र निर्वाचित भारतीय संसदको तल्लो सदन लोकसभाका सदस्यहरुले पनि बुधबारको पहिलो बैठकमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको थियो । यो संसदको पहिलो अधिवेशन बुधबारका लागि आह्वान गरिएको थियो । सो अधिवेशनको पहिलो बैठकमा नै भारतका नवनियुक्त ५४३ जना साँसदले शपथ लिने कार्यक्रम तय गरिएको थियो । संसदको पहिलो बैठक अब बिहीबारका लागि बोलाइएको छ । मन्त्री मुन्डेको बुधबारै अन्त्येष्टि कार्यक्रम राखिएकोले भारतीय जनता पार्टीका नेताहरु सो कार्यक्रममा सहभागी हुने बताइएको छ ।


  •  
  •  
  •