सवारी दुर्घटनामा दुई जनाको मृत्यु

80
  •  
  •  
  •  

पर्सा, ७ भदौ (ओएनएस) : पर्साको वीरगन्ज–पथलैया सडकखण्डको छातापिपरा चोकमा शुक्रबारराति ट्रकले टाटासुमोलाई ठक्कर दिँदा सुमोमा सवार दुई जनाको मृत्यु भएको छ । वीरगन्जबाट पथलैयातर्फ जान लागेको ना ३ ख ५२९३ नम्बरको ट्रकले काठमाडौँबाट वीरगन्जतर्फ आउँदै गरेको ना १ ज ४२६९ नम्बरको टाटासुमोलाई ठक्कर दिँदा सुमोमा सवार पर्साको हरपुर–९ का ललितादेवी चौधरी र धमेन्द्र चौधरीको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट सुमोमा सवार रहेका हरपुर–९ का ज्ञानादेवी चौधरी, परमानन्द चौधरीलगायत पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घाइतेको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।


  •  
  •  
  •