बसको ठक्करबाट एक जनाको मृत्यु

51
  •  
  •  
  •  

काठमाडौं, २८ माघ(ओएनएस) : काठमाडौं सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

सोमबार बिहान ६ बजेतिर बा ३ ख ७० ५७ नम्बरको बसले ठक्कर दिँदा सोलुखुम्बु घर भई सिनामंगल बस्दै आएका पदमबहादुर कार्कीको ज्यान गएको हो ।

ठक्करबाट घाइते भएका कार्कीको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा ज्यान गएको
प्रहरीले बताएको छ ।


  •  
  •  
  •