अपडेट-तिर्थयात्रु बोकेका जीप दुर्घटना ६ को मृत्यु, ९ घाइते

225
  •  
  •  
  •  

काठमाडौं ५ मंसिर (ओएनएस) : खोटाङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ज्यान गुमाएका चार महिला र दुई पुरुष छन् ।  खोटाङको हलेसीबाट दर्शन गरेर फर्किएरहेका यात्रु बोकेको मे १ ज ७३२ नम्बरको जीप भीरगाउँमा दुर्घटना भएको हो । दुर्घटनामा ९ जना घाइते भएका छन् । थप बिबरण आउन बाँकी रहेको र प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हलेसी दर्शन गरी आज बिहान चार बजे फर्किएका उनीहरु चढेको जीप साढे चार बजे दुर्छिम गाविस ६ स्थित गौरीभीरबाट खसेको थियो । –


  •  
  •  
  •