पिकनिक गएकाे बस दुर्घटना हुँदा दुर्इकाे मृत्यु

378
  •  
  •  
  •  

सुर्खेत, १६ मंसिर (अाेएनएस) : सुर्खेतकाे  कपासेमा  पिकनिक खान गएकाे समूह चढेकाे बस दुर्घटना हुँदा  २ जनाको मृत्यु भएको छ।

वीरेन्द्रनगर नगरपालिका–१४ को कटकुवामा जनजागृति युवा क्लबका पदाधिकारीहरू पिकनिक खान गएकाे  भे १ ख ८४९ नम्बरको बस शनिबार दुर्घटना हुँदा थप  ५० जना घाइते भएका छन् । तीमध्ये ९ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

दुर्घटनामा लेकवेशी नगरपालिका–८ कुइनेपानीका जानकी दर्लामी र सोही स्थानका देउमाया वनकाटीकाे मृत्यु  भएकाे प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक बसन्त रजौरेका अनुसार  घाइतेको सुर्खेतको देउती अस्पताल, माया अस्पताल र प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गम्भीर घाइते हुनेमा लेकबेसी–८ का सागर दर्लामी, दिलबहादुर मन्दिर, लालबहादुर अण्डाकी, टोपबहादुर दर्लामी, वीरबहादुर सोमै, अर्चन भुषाल, वीरबहादुर सिजाली, मनिसरा भुसाल र रमा नेपाली रहेका छन्।


  •  
  •  
  •