मकवानपुरमा बस दुर्घटना १० जनाको मृत्यु

296
  •  
  •  
  •  

हेटौडा, १५ कात्तिक (ओएनएस) : मकवानपुरको बसामाडीमा बिहान भएको दुइटा बस एक आपसमा ठोकिदा एक विदेशी सहित१० जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बसामाडमिा बिहान २ बजेपछि दुर्घटना भएको हो ।

काठमाडौंबाट विराटनगर जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको शुभश्री यातायातको बस र इलामबाट काठमाडौं जाँदै गरेको बस बसामाडीमा बिहान सवा २ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा शुभश्रीमा सवार इटहरी निवासी शान्ता लुइँटेल तथा इलामको बसमा सवार इलामका रोशन भट्टराई, प्रविन आचार्य, सुजाता काफ्ले, मिलन अधिकारी, रक्षा श्रेष्ठ, इशा कार्कीको सनाखत भएको छ।


  •  
  •  
  •