बबरमहलमा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु

102
  •  
  •  
  •  

काठमाडौ, २७ असोज (ओएनएस) : काठमाण्डौंको बबरमहलमा सोमबार बेलुकी भएको बस पल्टिदा ३ जनाको मृत्यु भएको छ । ८ जनाका घाईते भएका छन् ।  मृत्यु हुनेमा महोत्तरी बर्दियासका  तिकलप्रसाद गौतम र बारा ठकुरायनका मकजुल मियाँ रहेको प्रहरीले जनाएको छ । मृत्यु भएका अर्का एकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

बनेपाबाट रत्नपार्कतर्फ गईरहेको बा १ ख ८६७६ नम्बरको मिनिबसले तीव्र गतिका कारण अनियन्त्रित भई  पल्टिएको थियो । त्यस क्रममा बसले ४  वटा मोटरसाईकलाई ठक्कर दिएको थियो । मिनिबसले बा ५६ प ३५३८, बा ६५ प ३६९८, बा ३७ प १६३९ र  बा ३२ प ३२७६, नम्बरको मोटरसाईकललाई किचेको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक आशिष काफ्लेका दाँया हात र खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । उनको वीर अस्पतालमा उपचार भईरहेको छ ।

उपचारका लागि अस्पताल लैजाँदै गर्दा ३ जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी प्रवक्ता वसन्त पन्तले जानकारी दिए । घाईतेको वीर र सिभिल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

भृकुटीमण्डप मोडमा पनि एक जनाको ज्यान गयो 

यसैबीच  सोमवार साँझ नै  पुरानो वसपार्क छेउ भृकुटीमण्डप मोडमा खानेपानीको ट्यांकरले एउटा स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक अन्दाजी २७ वर्षका एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाँएका छ । मृतकको सनाखत भने हुन सकेको छैन ।


  •  
  •  
  •