हुग्दीखोला पुलबाट मालबाहक गाडी खस्यो, तीन घाइते

277
  •  
  •  
  •  

accident
धादिङ, १७ साउन (ओएनएस) : काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ४७३८ नम्बरको मालवाहक डिब्बा ट्रक धादिङको जोगिमारास्थित हुग्दीखोलाको पुलबाट खसेको छ ।

गाडी ना ५ त ९१५६ नम्बरको ट्याक्टरलाई ठक्कर दिएपछि हुग्दीखोला पुलबाट खोलामा खसेको हो । पुलबाट खसेपछि गाडी चालक सिन्धुपाल्चोकका प्रकाश श्रेष्ठ र सहचालक सिन्धुपल्चोककै दिलीप सापकोटा सख्त घाइते भएका छन् ।

त्यस्तै, ट्याक्टरमा सवार धादिङका निरज चेपाङ पनि घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको गजुरीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।

मंगलबार विहान साढे ६ बजे तीब्र गतिमा रहेको ट्रकले ट्याक्टरलाई ठक्कर दिएर खोलामा खसेको थियो । करिब एक महिना अघि पनि सोही पुलबाट ट्रक खस्दा तीन जनाले ज्यान गुमाएका थिए । उक्तपुलबाट हरेक वर्ष सवारीसाधन खस्ने गरेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •