बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो ( नामावलीसहित)

107
  •  
  •  
  •  

डोटी, २१ असोज (ओएनएस):  जोरायल राजमार्गअन्तर्गत छतिवन गाविसको बनलेक सडकखण्डमा सोमबार अपराह्न भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या  २९ पुगेको छ ।
प्रहरी र स्थानीयवासीले दुर्घटनामा घाइते भएका ६८ जनाको उद्धार गरेका छन् भने अझै केही घाइते भएको हुन सक्ने अनुमान छ ।

दुर्घटनापछि प्रहरी उद्धारमा जुटेकाले मृतकको सनाखत हुन ढिलाइ भएको हो । स्थानीयवासी र प्रहरीको टोली उद्धारमा जुटेको भएपनि रात परेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २८ जनालाई कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा भर्ना गरिएको छ भने अन्यलाई सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको छ ।

जोरायलबाट धनगढीतर्फ आउँदै गरेको ना ३ ख ५७०७ नंंको बस उक्त सडकखण्डमा झन्डै तीन सय मिटर तल खसेर दुर्घनाग्रस्त भएको हो ।
वर्षायाममा ठाउँठाउँमा सडक बिग्रिएपछि अवरुद्ध बनेको यो कच्ची सडकमा केही दिन अघिदेखि मात्रै यातायात सुचारु भएको हो ।

मृतकको नामावली

क्र।स नाम थर उमेर ठेगाना
१ सकुन्तला मगर २५ वर्ष सरस्वतीनगर गाविस १
२ दानबहादुर साउद ५० वर्ष सरस्वतीनगर गाविस १
३ राजेन्द्र शाही ४० वर्ष सरस्वतीनगर गाविस २
४ रोहिता बोहोरा २ वर्ष सरस्वतीनगर गाविस २
५ ठकुलीदेवी ओझा २५ वर्ष सरस्वतीनगर गाविस २
६ हिरादेवी ओझा ६२ वर्ष सरस्वतीनगर गाविस २
७ कर्णबहादुर शाह ३२ वर्ष सरस्वतीनगर गाविस २
८ बसन्त ओझा २ वर्ष सरस्वतीनगर गाविस २
९ चक्र विक २ वर्ष सरस्वतीनगर गाविस २
१० शान्ति मल्ल २७ वर्ष वडा नं। ३
११ डम्मरी ओझा ३५ वर्ष वडा नंं ५
१२ रेवन्त खडायत ३० वर्ष वडा नंं ५
१३ कृष्णराज भण्डारी ३५ वर्ष वडा नंं ६
१४ भूमिराज भण्डारी १७ वर्ष वडा नंं ६
१५ टेकराज भट्ट १७ वर्ष वडा नं। ८
१६ पशुपति भट्ट २४ वर्ष वडा नं। ८
१७ जानकी भट्ट १६ वर्ष वडा नं। ८
१८ लक्ष्मीदेवी कुलेल ३० वर्ष बर्छेन १
१९ शान्ति कपडेल ३ वर्ष लक्ष्मीनगर १
२० टेकेन्द्र गिरी ३० वर्ष लक्ष्मीनगर वडा नंं ५
२१ लक्ष्मण ठकुराठी ३५ वर्ष डडेलधुरा खलंगा
२२ सन्ध्या ठकुराठी १ वर्ष डडेलधुरा खलंगा
२३ मुकेश सार्की १ वर्ष डडेलधुरा खलंगा
२४ भागिरथ बडुवाल २८ वर्ष कैलाली लम्की
२५ जेनिथ बडुवाल २८ वर्ष कैलाली लम्की
मृतकको नामावली जिल्ला प्रहरी कार्यालय डोटीले उपलब्ध गराएको हो ।


  •  
  •  
  •