छुट्टाछुट्टै दुर्घटनामा चारको मृत्यु

158
  •  
  •  
  •  

काठमाडौं, २६  माघ (ओएनएस) : कञ्चनपुर र धादिङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

भीमदत्त नगरपालिकास्थित खैरभट्टी रोडमा २ वटा मोटरसाइकल एकआपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ ।

मंगलबार बेलुका महेन्द्रनगर बजारबाट खैरभट्टी जाँदै गरेकोे म १ प ३६३४ नम्बरको मोटरसाइकल र से ५ प २२६४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो । दुर्घटनामा से ५ प २२६४ नम्बरका मोटरसाइकल चालक कृष्णपुर नगरपालिकाका ८ पहरीयाका सुरज पार्की र वेदकोट नगरपालिकाका बैतडाका २३ रहेश ओखेडाको मृत्यु भएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नायब निरीक्षक वीरबहादुर ऐरीले जानकारी दिए ।

कञ्चनपुरकै वेदकोटमा मोटरसाईकल गाईसँग ठोक्किदा चालक किशोर चौधरीको मृत्यु भएको छ । वेदकोट १२ दैजीमा उनी सवार म १ प ८७३३ नम्बरको मोटरसाईकल सडकमा रहेको गाईसँग ठोक्किन पुगेको थियो ।

यसैगरी, धादिङको जोगिमारा खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौबाट गौर जाँदै गरेको ना ३ ख ५६२२ नम्बरको बसले बा ५५ प २६३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पुरुषोत्तम डल्लाकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ


  •  
  •  
  •