डुंगा दुर्घटनामा परेको अधिकांशका जिवितै उद्दार

334
  •  
  •  
  •  

रौतहट, ५ भदौ (ओएनएस) रौतहटको पिपरा राजवहास्थित बागमती नदीमा बेपत्ता डुंगा भेटिएको छ । बाढीका कारण बेपत्ता डुंगा सर्लाहीको सीमानामा पुगेको अवस्थामा भेटिएको हो ।

रौतटहका प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार डुंगामा सवार अधिकांशको जिवितै उद्दार गरिएको छ भने दुई जनाको अवस्था भने अज्ञात रहेको छ । डुंगामा सयभन्दा बढी मानिस सवार थिए ।

प्रजिअ भुजेलका अनुसार गौरस्थित अमरदल गुल्मबाट खटिएका नेपाली सेनाको टोलीले मोटरबोट प्रयोग गरेर डुंगामा सवारहरुको उद्दार गरिरहेको छ ।
घटनास्थल सदरमुकाम गौरबाट १३ किलोमिटर उत्तर पर्छ । डुंगा पल्टिएपछि केही आफैं निस्किए पनि ४० जनालाई स्थानीयले ट्युबको सहायताले उद्धार गरेका थिए। रजवाडा ७ का बतहु दासकी श्रीमती र सुब्बा पण्डितकी श्रीमती अझै बेपत्ता छन्। उद्धार गरिएकाहरू बागमतीपारि नै छन् ।


  •  
  •  
  •