माइक्रोको ठक्करबाट एक महिलाको मृत्यु

140
  •  
  •  
  •  

काठमाडौँ, १३ पुस (अाेएनएस) : दाङको तुल्सीपुर–४ मोतीपुरमा माइक्रो बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । १ जना गम्भीर घाइते भएका छन् ।

मंगलबार बेलुका बा २ ख ७०२४ नम्बरको माइक्रो बसले पैदलयात्री र अटोरिक्सा चालकलाई एकै साथ ठक्कर दिँदा स्थानीय निमा दमाईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी दमाईको उपचारको क्रममा राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा मृत्यु भएको हो ।

सोही दुर्घटनामा गम्भीर घाइते भएका अटो रिक्सा चालक स्थानीय चन्द्रमान वलीलाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके रिफर गरिएको छ ।

ठक्कर दिने माइक्रो बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


  •  
  •  
  •