छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, २६ जना घाइते

109
  •  
  •  
  •  

काठमाडौँ,  १२ पुस (अाेएनएस) :  चितवन र उदयपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । २६ जना घाइते भएका छन् ।

मंगलबार विहान १ बजे काठमाडौंबाट सर्लाही जाँदै गरेको ना ४ ख ५४ ४२ नम्बरको बस चितवनको चण्डीभन्ज्याङ्ग ६ कालिखोलामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा सिराहा लक्ष्मीपुर ३ का धर्मराज मण्डलको मृत्यु भएको छ, भने २६ जना घाइते भएका छन् । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

यसैगरी, सोमबार बेलुका उदयपुरको त्रियुगा नगरपालिका ७ मिलन चौकमा से ७ प ७२६५ नम्बरको मोटरसाइकलको ठक्करबाट केशरबहादुर ठकुरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ठकुरीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।


  •  
  •  
  •