ग्यास चुहिएर जहाज दुर्घटना, १० जनाको मृत्यु

253
  •  
  •  
  •  

एजेन्सी : चीनको शानदोङ प्रान्तको लोङयान बन्दरगाहमा सामान बोक्ने पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिएर दुर्घटना भएको छ । दुर्घटनामा दश जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार फुजियान सिपिङ कम्पनीको जहाज मर्मतका क्रममा ग्यास चुहिएको हो । दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ ।

ग्यास चुहिएको सम्बन्धमा जिम्मेवार केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।


  •  
  •  
  •