अझै  हटाएनन् प्रचार सामग्री

347
  •  
  •  
  •  

अछाम,८ पुस (ओएनएस): प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका क्रममा दलहरुले प्रयोग गरेका प्रचार सामग्री हटाएका छैनन।

दलहरुले टाँसेका प्रचार प्रसारका सामाग्री नहटाउदा जताततै फोहोर बढेको छ ।

सार्वजनिक स्थल, पसल, घरमा टाँसिएका पर्चा पम्पलेट र बजार क्षेत्रमा वरपर झुण्ड्याईएका पार्टीका झण्डा र चुनाव चिन्ह अंकित सामाग्री जताततै छरपस्ट अवस्थामै छन् ।

अछाम सदरमुकाम मंगलसेन, व्यापारीक केन्द्र साँफबेगर, बयलपाटा, जयगढ, बिनायक, कमलबजार, तुर्माखाँद, चौखुट्टे लगायतका बजार क्षेत्रमा प्रचारका बेला लगाएका प्रचार सामाग्री दलहरुले अहिले सम्म हटाएका छैनन ।
निर्वाचन आयोगले जुन दल वा उम्मेदवारले प्रचार समाग्री टाँसेको हो सोहि दल वा उम्मेदवारले हटाउनु पर्ने व्यवस्था गरेको भएपनि दलहरुले आफुले टाँसेका प्रचार सामाग्री नहाटाएको स्थानियहरुको गुनासो रहेको छ ।

अछामका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जुन दल वा उम्मेदवारले प्रचार सामाग्री टाँसेको हो सोहि दल वा उम्मेदवारले हटाउनु पर्ने कानुनी व्यवस्था रहेको बताएका छन् ।
दलहरुले प्रचार सामाग्री नहटाएको पाईएमा आचार संहिता उलंघनमा कारबाहि गर्ने व्यवस्था निर्वाचन आयोगले गरेको निर्वाचन अधिकृत पौडेलले बताए ।

निर्वान प्रचारका क्रममा टासेका सामग्री नहटाउदा बजार क्षेत्र फोहोर बढेको स्थानिय व्यापारीहरुले बताएका छन् ।


  •  
  •  
  •