सडक दुर्घटना कम गर्न आवश्यक कदम चाल्ने प्रधानमन्त्रीको प्रतिबद्धता

263
  •  
  •  
  •  

काठमाडौं, २१ असोज (ओएनएस) :  प्रधानमन्त्री सुशील कोइरालाले सोमवार डोटीको छत्तिवनमा भएको सवारी दुर्घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।

प्रधानमन्त्री कोइरालाले मंगलवार विज्ञप्ती जारी गरी दुर्घटनामा परी ज्यान गुमाउने निर्देष नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्रीले दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री कोइरालाले सो बस दुर्घटना प्रति दुख व्यक्त गर्दै सडक दुर्घटना कम गर्न सरकारले आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यसका लागि स्थानीय नागरिकको माग र आवश्यकता अनुसार बनाइएका सडकहरुलाई वैज्ञानिक तबरले स्तरोन्नति गर्ने, सवारी साधनको अवस्थामा नियमित निगरानी राख्ने, सवारी साधनको भारवहन क्षमता र यात्रु तथा सामानको भारको नियमित जाँच गर्न सम्बन्धित नियकाहरुलाई परिचालन गरिने प्रधानमन्त्री कोइरालाले वक्तव्यमा उल्लेख गरेका छन् ।

कट्कटेमा सोमबार ना ३ ख ५७०७ नम्बरको गाडी दुर्घटना हुँदा २९ जनाको ज्यान गइसकेको छ भने ६४ जना घाइते भएका छन् ।


  •  
  •  
  •