दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

104
  •  
  •  
  •  

रौतहट, १४ असोज । पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका वडा नं ७ स्थित राजमार्गमा एक यात्रुबाहक बसको ठक्करबाट आज बिहान मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले दिएको जानकारीअनुसार जलेश्वरबाट काठमाडौँतर्फ गइरहेको ना५ख १३५३ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको ना२६प ६७७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडा नगरपालिका बस्ने करिब ४० वर्षीय केदारप्रसाद लामिछानेको मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।  मृतकको शव परीक्षणका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ ।


  •  
  •  
  •