मनाङ र मुस्ताङको सीमामा हिमपातमा परी २० जनाको मृत्यु

108
  •  
  •  
  •  

काठमाडौं, २९ असोज (ओएनएस) मनाङ र मुस्ताङको सीमामा हिमपात र हिमपहिरोमा परी २० जनाको मृत्यु भएको छ । मुस्ताङका १२ जना र मनाङमा ८ जना रहेको जिल्ला प्रशासन कार्यालय 10730939_10204473318460400_6304767555408574850_nमुस्ताङले जनाएको छ । मुस्ताङका प्रहरी प्रमुख गोविन्द पाठकका अनुसार मुस्ताङमा ४ विदेशी सहित १२ जना र मनाङमा पाँच विदेशी सहित ८ जना रहेका छन्
।   ‘डम्पक्यामदेखि थोराङपाससम्मको यात्राका क्रमममा उनीहरुको मृत्यु भएको हो’ उनले भण्डारीले भने । १९ जनाको उद्दार गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरसहितको टोली उद्दारमा खटिएको छ ।

यसैगरी म्याग्दीमा धौलागिरी हिमाल आरोहरणका क्रममा पाँच जना बेपत्ता भएका छन् । म्याग्दी प्रहरी प्रमुख जनार्दन जिसीका अनुसार १० जना स्लोभाकिया नागरिक र तीन जना नेपालीको टोली धौलागिरी हिमाल आरोहणमा गएका मध्ये तीन नेपाली र २ जना स्लोभाकियाका नागरिक सम्पर्कविहीन भएका छन भने ८ जना स्लोभाकियाका नागरिक भने सम्पर्कमा आएका छन् । बेपत्ताको खोजी भइरहेको म्याग्दी प्रहरीले जनाएको छ ।

तस्वीरः नेपाली सेना 

10698627_10204473315340322_7441447054374871533_n


  •  
  •  
  •