ओखलढुंगामा जीप दुर्घटना ११ जनाको मृत्यु, १० जना गंभिर घाइते (अपडेट)

183
  •  
  •  
  •  

काठमाडौं, ९ कात्तिक (ओएनएस) :   ओखलढुंगाको अँधेरी नारायणस्थानमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । घटनास्थलमा आठ जना र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । उपचारका क्रममा प्राप्चा ५ की अप्सरा दाहाल निरौला, उपचारको क्रममा कुमार बस्नेत र दिपेश खत्रीको  मृत्यु भएको मिशन अस्पताल ओखलढुंगाकी नरर्सिङ सुपरिटेण्डेण्ट सोचरा मास्केले बताइन् । गंभिर घाईते   १२ बर्षीया अस्मिता भट्टराईलाई थप उपचारको लागि हेलिकोप्टरबाट राजधानी ल्याइएको छ ।

निसंखे गाविसबाट सदमुकाम ओखलढुंगा आउँदै आएको बा ५ च ५८७५ नम्बरको बोलेरो जीप दुर्घटनाग्रस्त भएको प्रहरी सहायक निरीक्षक सुरेश दाहालले ओएनएसलाई बताए ।

दुर्घटनामा परि १४  जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको दाहालले जानकारी दिए । घाइतेहरुको अवस्था समेत गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सो दुर्घटनमा परी मृत्यु हुनेहरुमा मणिराम भट्टराई, टेकबहादुर बस्नेत, दोहीणी भट्टराई, सरिता खड्का, टीका बस्नेत, चोलेन्द्र खत्री, मनकुमार राई र रामप्यारी बस्नेत रहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •