नुवाकोटको बेलकोटमा बस दुर्घटना सात जनाको मृत्यु

222
  •  
  •  
  •  

काठमाडौं, ७ कात्तिक (ओएनएस) : काठमाडौंबाट स्याफ्रुबेसी गइरहेको बा२ख २२६६ नम्बरको बस दुर्घटना हुँदा एक जना विदेशीसहित सात जनाको मृत्यु भएको छ । बस बेलकोट गाविस वडा नम्बर ५ को आरुबोटेको भीरमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका १५ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । ज्यान गुमाउनेको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले ५ वटा शव भेटिएको बताएको छ ।


  •  
  •  
  •