सवारी दुर्घटनमा चारको मृत्यु

186
  •  
  •  
  •  

 काठमाडौं, २८ असोज (ओएनएस) चितवनको फिल्लिङमा मंगलबार कार र ट्रक ठोक्किदा चार जनाको मृत्यु भएको छ । मुग्लिन–नागढुङ्गा सडकखण्डअन्तर्गत चितवनको दारेचोक —९ फिस्लिङमा मंगलबार बिहान काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको बा३च ५५१६ नम्बरको कार र विपरीत दिशाबाट आएको ना ४ ख ४४१ नम्बरको ट्रक एकापसमा ठोक्किदा कारमा रहेको दुई जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा काठमाडौँ लप्सीफेदीका ५२ वर्षीय साधुराम तिवारी, ३५ वर्षीय सरोज तिवारी, ३० वर्षीया ललिता तिवारी र ३५ वर्षीय चालक सिर्जन पोख्रेल रहेका छन् । ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •