जिप दुर्घटना दुई जनाको मृत्यु

326
  •  
  •  
  •  

काठमाडौं, २१ असोज (ओएनएस) काठमाडौंबाट घुर्मीतर्फ जाँदै गरेको मोटरसाइकल र घुर्मीबाट काठमाडौं जाँदै गरेको जीप एक आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन्।  काठमाडौंबाट घुर्मीतर्फ जाँदै गरेको बा ५८ प १८०३ नं। को मोटरसाइकल र घुर्मिबाट काठमाडौंतर्फ जादै गरेको ना १ ज ३७८९ नम्बरको  जीप मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको भुवनेश्वरी–८ मा एक आपसमा ठोक्किएर जीप ६० मिटर तल सुनकोसीमा खसेको हो। जीपमा सवार ११ जनामध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको छ। चालक सहित ७ जना घाइते भएका छन् । दुई जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार दुई जना भने सामान्य घाइते भएका छन्। मोटरसाइकललाई बचाउने क्रममा बलेरो सुनकोसीमा खसेको हुनसक्ने प्रहरीको अनुमान गरेको छ । घाइते सात जनालाई उपचारका लागि काठमाडौंतर्फ लगिएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •