५ दिनमा १० वटा सडक दुर्घटना, २ को मृत्यु, १० जना घाइते

314
  •  
  •  
  •  

x काभ्रेपलाञ्चोक, २१ असोज (ओएनएस) : अरनिको र बीपी राजमार्गमा ५ दिनको अवधिमा १० वटा सडक दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार राजमार्गका विभिन्न भागमा १५ गतेदेखि २० गतेसम्म भएका १० वटा सडक दुर्घटनामा २ जनाले ज्यान गुमाएका छन्।

बोलेरो दुर्घटना हुदाँ कात्तिकेदेउराली गाविस ६ बस्ने २२ बर्षीय कोपिला शिवभक्ती र मोटरसाइकल दुर्घटनामा सिन्धुली रानिचुरी गाविस ५ बस्ने २९ बर्षीय मनोज श्रेष्ठको मृत्यु भएको हो । सडक दुर्घटनामा १० जना घाइते भएका छन् । दुर्घटना हुनेमा अधिकांश मोटरसाइकल रहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •