बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो (अपडेट)

171
  •  
  •  
  •  

काठमाडौं, ७ कात्तिक (ओएनएस) नुवाकोटको बेलकोटमा भएको बस दुर्घटना मृत्य हुनेको संख्या १४ पुगेको छ । मृत्यु हुनेमा एक विदेशी नागरिकसमेत छन् । काठमाडौबाट रसुवाको सदरमुकाम धुञ्चे जान लागेको बा.२ ख २२६६ नम्बरको बस बस पासाङ ल्यामु मार्ग अन्तरगत नुवाकोटको बेलकोट गाविसको वडा नम्बर ५ आरुबोटेभीर भन्न्ने स्थानमा दुर्घटना भएको हो ।

तिहारको लागि घर जाँदै गरेका यात्रुले भरिएको बस सडकबाट करिब १०० मिटर तल खसेको हो । मृत्युहुनेहरु धेरै भाइटीका लगाउन र थाप्न जानेहरु परेका छन् । दुर्घटनामा परी ज्यान गुमाउनेमा अधिकांश महिला रहेका छन्. । ज्यान गुमाउनेमा दुई जना इजरायली र एक जना स्पेनिस् नागरिक पनि छन् । दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन् ।

घाइते भएका अधिकांशको अबस्था गम्भीर रहेको छ । घाइते भएका हरुको काठमाण्डुको शिक्षण अस्पताल, ,जनमैत्री, ग्रिनसिटी, न्युरो र मेगा अस्पतालमा उपचार भइरहेको छ । नुवाकोटको जिल्ला अस्पताल त्रिशुली, पञ्चकन्या सामुदायिक अस्पताल बट्टार पनि घाइतेहरुको उपचार भइरहेको छ । बस दुर्घटनाको कारण साँघुरो बाटोमा क्षमता भन्दा बढी यात्रु भएको हुनसक्ने नुवाकोट प्रहरी प्रमुख अरुण पौडेलले बताए ।
बसमा भित्र र छतमा गरी ६५ जना भन्दा बढी यात्रु रहेको सह–चालक प्रविण गिरीले बताए । गाडीको गती सामान्य भएपनि क्षमता भन्दा बढी यात्रु र पूराना गाडी हुदाँ दुर्घटना भएको हो । दुर्घटनापछि बसभित्र यात्रुहरु चिच्याइरहेपनि उद्धारमा परिचालित नेपाली सेना, नेपाल प्रहरी स्थानीयवासीलाई ६ घण्टा भन्दा बढी लागेको थियो ।


  •  
  •  
  •