बस दुर्घटनामा एकको मृत्यु २५ घाइते

149
  •  
  •  
  •  

काठमाडौं, ७ कात्तिक (ओएनएस) : काभ्रेको धुलिखेलबाट काठमाडौंमा आउदै गरेको बस दुर्घटना हुँदा एक जना महिलाको ज्यान गएको छ भने कम्तीमा २५ जना घाइते भएका छन् ।
बा १ ख ६२७४ नम्बरको बस धुलिखेल र बनेपाको सीमानामा पर्ने अठ्ठाईस किलो भन्ने ठाउँमा सडक बाट ५० मिटर तल खसेको थियो । घाइतेको धुलिखेल अस्पताल धुलिखेल र बनेपाको शीर मेमोरियल अस्पतालमा उपचार भईरहेको छ । मृतकको सनाखत हुन सकेको छैन ।


  •  
  •  
  •