ट्रकमा झुन्डिन खोज्दा ज्यान गयो

154
  •  
  •  
  •  

चितवन, २६ असार (ओएनएस) । चितवनको कविलासस्थित भतेरी नजिकै ट्रकमा झुन्डिन खोज्दा बिहीबार एक व्यक्तिको ज्यान गएको छ । तनहुँ देवघाट–५ बस्ने २२ वर्षीय दिनेश गुरुङको कविलास–२ भतेरी नजिकै पिबी०२सिसी ७१८८ नम्बरको भारतीय ट्रकमा झुन्डिन खोज्दा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनी ट्रकमा झुन्डिएर यात्रा गर्न खोजेको जस्तो देखिए पनि विस्तृत विवरण खुलिनसकेको प्रहरीले जनाएको छ । राति सोही क्रममा अचानक लडेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिहीबार भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेको ट्रकलाई इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासीले पक्राउ गरेको छ । अहिले ट्रकलाई चितवन ल्याउने तयारी भएको जनाइएको छ । घटनाको अनुसन्धानपछि मात्रै उनी के कारणले ट्रकमा झुन्डिन खोजेको हो भन्ने जानकारी आउने प्रहरीले जनाएको छ ।


  •  
  •  
  •