तेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा घटनास्थलमा २ को मृत्यु, तीन गम्भीर घाइते

248
  •  
  •  
  •  

काठमाडौं, १४ चैत (अाेएनएस): उदयपुरमा तेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा २ को मृत्यु भएकाे छ भने तीन गम्भीर घाइते भएका छन्। कटारी नगरपालिका–११ गहुँबारीमा बुधबार बिहान दुर्घटना भएको हाे।

दुर्घटनामा परि चालकसहित २ जनाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक चन्द्रराज वंशीले जानकारी दिए। दुर्घटनामा अन्य ३ जना गम्भीर घाईते भएका छन्।

दुर्घटनामा चालक बारा अम्लेखगञ्ज ४ का २३ वर्षीय पूर्णप्रसाद खनाल र मकवानपुर नामटारका ३१ वर्षीय सरोज मोक्तानको मृत्यु भएको प्रहरीले जनाएकाे छ।

सिद्धिचरण राजमार्गअन्र्तगतको कटारी–घुर्मी सडकखण्डको गहुँबारीमा बिहान २ बजेतिर ना६ख ३२३१ नम्बरको ट्याङ्कर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेको थियो।

दुर्घटनामा भक्तपुरका २४ वर्षीय सुवास तामाङ्ग, बारा निजगढका १७ वर्षीय अभिषेक श्रेष्ठ र दोलखा चरिकोटका २५ वर्षीय सुजन गोले गम्भीर घाईते भएका इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।


  •  
  •  
  •