रुकुममा मेयर चढेकाे गाडी दुर्घटना, सात घाइते

309
  •  
  •  
  •  

काठमाडाैँ, ४ बैशाख (अाेएनएस) : रुकुममा मेयर चढेकाे गाडी दुर्घटनामा परेकाे छ। दुर्घटनामा परी मेयरसहित सात जना घाइते भएका छन्।दुर्घटनामा चौरजहारी नगरपालिकाका मेयरसहित ७ जना घाइते भएका हुन् ।

नगरपालिका ५ को आबी लहरे सिमलमा रहेको विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गर्न गएकामेयरसहितकाे कार्यलायका कर्मचारीहरु चढेको भे १ ज २४३ नम्बरको जीप दुर्घटना हुँदा उनीहरु घइते भएका हुन्।

दुर्घटनामा परी घाइते हुनेमा चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मा, वडा नम्बर – ३ का लेखापाल लोकेन्द्र परियार, पार्वती न्यौपाने, तेजबहादुर बटाला, भरत शर्मालगायत रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको चौरजहारी अस्पत्तालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।


  •  
  •  
  •