दैलेख, १२ मंसिर(ओएनएस) । दैलेखको ठाटीकाँध गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नंको बोलेरो जिप दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा वडा ३ का ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नं १ का ३० वर्षीय निर्मल बम रहेका छन् ।
वडाका वडा सदस्य कर्णबहादुर बोगटीले बिहान ८ बजे जिपको ब्रेक फेल भएर दुर्घटना भएको बताए । दुर्घटनामा घाइते ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको नाम र ठेगाना भने खुल्न सकेको छैन ।