पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना, २४ यात्रु घाइते दुर्इ जनाको अवस्था गम्भीर

239
  •  
  •  
  •  

काठमाडौं, १६ चैत (ओएनएस) :बाँकेको राप्तीसोनारी गाउँपालिका कुसुममा विहिबार राती भएको बस दुर्घटनामा हुँदा गाडीमा सवार २६ यात्रु घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कुसुममा महेन्द्रनगरबाट काठमाडौं तर्फ जादै गरेको पवनदुत यातायातको गाडी विपरित दिशाबाट आईरहेको ट्याङ्करसंग ठोकिएर दुर्घटना परेको छ ।

गाडिमा करिब ४० जना यात्रु सवार थिए । त्यसमध्ये २४ यात्रु घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । अरु सबै घाइतेहरुको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ । गाडि तिव्र गतिका कारणले गर्दा दुर्घटना भएको गाडिमा सवार यात्रुहरुले बताएका छन् ।


  •  
  •  
  •