एसीसीले उमेर समूहका प्रतियोगिताहरु पुनः गर्ने

528
  •  
  •  
  •  

asian-cricket-council
काठमाडौं, ३१ साउन (ओएनएस) : एसीयाली क्रिकेट परिषद (एसीसी)ले पुनः उमेर समुहका प्रतियोगिताहरु संचालन गर्ने भएको छ ।

एसीसीको मुख्यालय श्रीलङकाको कोलम्बोमा सम्पन्न वार्षिक साधारण सभाले १६, १९ र २३ वर्ष मुनिको पुरुष क्रिकेट प्रतियोगिता पुनः सुचारु गर्ने निर्णय गरेको हो ।

उमेर समूहका प्रतियोगिताले टेस्ट नखेल्ने राष्ट्रहरुको क्रिकेट विकासमा सघाउ पुर्याउने भन्दै कमिटीले गरेको प्रस्तावलार्इ साधारण सभाले पारित गरेको हो ।

अब एसीसीले आफ्ना सदस्य राष्ट्र बीच अन्डर सिक्सटिन, अन्डर नाइन्टिन र अन्डर ट्वान्टी थ्रि इमर्जिङ र सिनियर पुरुष क्रिकेट प्रतियोगिताको आयोजना गर्नेछ ।

यस्तै गत वर्ष भएको महिला एसीया कपलाई पनि एसीसीले निरन्तरता दिनेछ । बैठकले मलेसियामा नोभेम्बरमा हुने अन्डर नाइन्टिन एसीया कप आयोजना गर्ने पनि पुष्टि गरेको छ ।


  •  
  •  
  •