चितवनमा ट्रकले ठक्कर दिँदा एकको मृत्यु, ट्रकमा आगजनी

402
  •  
  •  
  •  

काठमाडौं, १८ असाेज (ओएनएस) : चितवनमा ट्रकले ठक्कर दिँदा एक जनाको घटनास्थलमै ज्यान गएकाे छ। खैरहनी नगरपालिमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा खैरहनी नगरपालिका १ बस्ने अन्दाजी ३८ वर्षका सउना चौधरीको घटनास्थलमै ज्यान गएकाे हाे। घटनापछि आक्रोशित स्थानीयले ट्रकमा आगजनी गरेका छन् ।

भण्डाराबाट नारायणगढ तर्फ जादै गरेको ना.३.प ९८६१ नम्बर ट्रकले ना. २८ प. ७७३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार चौधरीको मृत्यु भएको हो । ट्रक चालकको लापरवाहीले मोटरसाईकल चालकको मृत्यु भएको भन्दै स्थानीयले ट्रकमा आगजानी गरेपछि केही क्षति भएकाे प्रहरीले जनाएकाे छ।


  •  
  •  
  •