ट्रक र माइक्रो बस ठोक्किदा ४ जनाको घटनास्थलमै मृत्यु, १७ जना घाइते

537
  •  
  •  
  •  

काठमाडौं, २० असाेज (अाेएनएस) : पूर्वपश्चिम राजमार्गमा ट्रक र माइक्रो बस एकअापसमा ठोक्किदा ४ जनाको घटनास्थलमै ज्यान गएकाे छ । उक्त राजमार्गमा अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किएकाे हाे । उक्त दुर्घटनामा परी अन्य १७ जना घाइते भएका छन् ।

दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस माइक्रो बस र नेपालगञ्जबाट विपरित दिशाबाट जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक शनिबार बिहान करिब सवा ९ बजेतिर राप्ती सोनारी गाउँपालिका ९ मुगुवा खोला नजिक ठोक्किएकाे कोहलपुरका डीएसपी रमेश बहादुर सिंहले बताए ।

घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनास्थलमा डिएसपी सिंह नेतृत्वको टोली उद्धारमा खटिएको छ ।


  •  
  •  
  •