सडकदेखि १० मिटर तल खसेर ट्रक दुर्घटना, घटनास्थलमै सडक विभागका दुई कर्मचारीको मृत्यु

323
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन (ओएनएस) : ट्रक अनियन्त्रित भई सडक देखि १० मिटर तल खसेर दुर्घटना हुँदा सडक विभागका दुई कर्मचारीको मृत्यु भएको छ।
सुनसरीको धरानबाट जेसिबी लोड गरेर धनकुटातर्फ जाँदै गरेको अवस्थामा दुर्घटना उनीहरुको घटनास्थलमै मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन्।  कोसी राजमार्गस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका–६ घण्टे पुलमा दुर्घटना भएको हो।
धनकुटातर्फ जादै गरेको ना ५ ख १९३६ नम्बरको ट्रक मंगलबार बिहान साढे १० बजे दुर्घटना भएको हो । दुर्घटनामा सडक विभागका कर्मचारी साँगुरीगढी गाउँपालिका–६ बस्ने अन्दाजी ४५ वर्षीय रामजित राई र ५५ वर्षीय वीरबहादुर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।
घाइते हुनेहरुमा ट्रकका चालक रामेछाप मन्थली ७ बस्ने अन्दाजी ४५ वर्षीय दीपकुमार लामा, सहचालक मकवानपुर इन्द्रसरोबर २ बस्ने ३० वर्षीय सनम तामाङ, धादिङ गजुरी ६ बस्ने ४५ वर्षीय रमेश भण्डारी, ललितपुर बागमी ६ बस्ने रमेश भण्डारी र मकवानपुर माखु १ बस्ने २२ वर्षीय अशोक विष्ट छन्।
घाइतेलाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

  •  
  •  
  •