सप्तरीमा सवारी दुर्घटना : एकको मृत्यु, ८ घाइते

428
  •  
  •  
  •  

काठमाडौं, ५ कार्तिक (ओएनएस) :सप्तरीमा सवारी दुर्घटनामा परि एकको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । जिल्लाको देवधार चोकमा सोमबार उक्त मिनी बस दुर्घटनामा परेकाे हाे। सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा काभ्रेपलाञ्चोकका ४५ वर्षीय दिपक राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनसरीको चतराबाट काठमाडौंतर्फ गईरहेको बा. ४ ख ४४७० नम्बरको यात्रुबाहक मिनीबस दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घाइतेहरुको खडक नगरपालिकाको खर्चुहियास्थित ईन्द्रेणी पोलीक्लिनिकमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय कल्यानपुरले जनाएको छ ।

दुर्घटनामा परि घाइते हुनेहरुमा सुनसरीको बराहक्षेत्र नगरपालिका– ३ का ३१ वर्षीय सन्तोष लिम्बु, सोही नगरपालिका–१ कि २७ वर्षीया दिपा श्रेष्ठ, वडा नम्वर ६ का ३५ वर्षीय गोपाल दाहाल, ३० वर्षीया लिला दाहाल, २ वर्षीया सिजु दाहाल, वडा नम्वर ७ कि ५४ वर्षीया जानुका बास्तोला, खोटाङको ससनेत गाउँपालिका–१ कि ३४ वर्षीया सीता राउत र भोजपुरको हनुवागढी गाउँपालिका–२ का २४ वर्षीया तारा कार्की रहेका छन् ।

क्षमताभन्दा कढी यात्रु बोकेपछि मिनी बसका चालकले ओभरटेक गर्ने क्रममा नियन्त्रण बाहिर गई दुर्घटना भएको बसमा सवार यात्रुहरुको भनाई छ ।

बस र चालकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


  •  
  •  
  •