ह्युम पाइपले ४ बालकबालिका किचिएपछि क्रेनल‍े गरियाे उद्धार, एक बालकको मृत्यु

412
  •  
  •  
  •  

काठमाडौं,२३ असोज (ओएनएस) : वीरगञ्जमा ह्युम पाइपले ४ बालक किचेर गम्भीर घाइते भएपछि एक बालकको मृत्यु भएको छ । वीरगञ्जमा महानगर ९ स्थित रातो बंगला परिसरमा हृयुम पाइपले किचेर उनीहरु घाइते भएका हुन्।

वीरगञ्ज–९, रानीघाट बस्ने बाल मुकुन्द राउतका ८ वर्षीय छोरा रोहितको उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर घाइते अवस्थामा उद्धार गरिएका रोहितलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार पछि थप उपचारका लागि वीरगञ्ज हेल्थ केयर अस्पतालमा लगिएको थियो । अन्य दुईजनाको अवस्था गम्भीर भएपछि उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुषालले जानकारी दिए । त्यसैगरी, दुर्घटनामा गम्भीर घाइते जिराभवानी गाउँपालिका १ घर भई वीरगञ्जको रानीघाटमा बस्दै आएका गोविन्द चौधरीका दुवै छोरीलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

१० वर्षकी अनुष्काको एउटा खुट्टा भाँच्चिएको छ भने ७ वर्षीया अंकिताको टाउकोमा चोट लागेको छ । दुवै जनालाई वीरगञ्ज हेल्थ केयरमा उपचारपछि थप उपचारका लागि बिएण्डबी अस्पतालमा पठाइएको छ । बिएण्डबीमा उपचाररत बालबालिकाको अवस्था बुझ्न गएका सांसद् प्रदीप यादवले उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।


  •  
  •  
  •