त्रिशुलीमा खस्याे ग्याँस बुलेट, चालकको मृत्यु

251
  •  
  •  
  •  

काठमाडाैँ, १४ बैशाख (अाेएनएस) : धादिङको मलेखुस्थित त्रिशुली नदीमा शुक्रबार बिहान ग्याँस बुलेट खसेकाे छ। ग्याँस बुलेट खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएकाे छ।

मृत्यु हुनेमा भारत घर भएका चालक ३६ वर्षीय सुरेन्द्र सिंह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।

काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नम्बरको लोड ग्याँस पृथ्वी राजमार्गकाे धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु नजिकै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।अनियन्त्रित भई ग्याँस बुलेट सडकबाट ३५ मिटर तल त्रिशुली नदीमा खसेको प्रहरीलेजनाएकाे छ।


  •  
  •  
  •