काठमाडाैँमा ट्रकको ठक्करबाट दुर्इ पैदल यात्रीको मृत्यु

512
  •  
  •  
  •  

काठमाडौं, ९ कार्तिक (ओएनएस) : काठमाडाैँमा ट्रकको ठक्करबाट दुर्इ पैदल यात्रीको मृत्यु भएकाे छ। बालाजुको तारकेश्वर नगरपालिका स्थित जनजागृती मार्गमा ट्रकले ठक्कर दिदाँ उनीहरुकाे मृत्यु भएको हाे । मृत्यु हुनेमा एक बालक र एक बृद्ध महिला रहेका छन् ।

मृत्यु हुनेमा ६० वर्षीय बृद्ध तिलकुमारी तिवारी र साढे तीन वर्षका बालक अजित तिवारी रहेका छन् । दुर्घटनामा घाइते भएकी अर्की ६० वर्षीय सावित्री पुडासैनीको महारजगञ्ज स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ना ६ ख ७८२६ नम्बरको सिमेन्ट बोकेको ट्रकले बाटोमा हिँड्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •