गस्तीमा गएका प्रहरीको दुर्घटनामा परि एकको मृत्यु, एक घाइते

332
  •  
  •  
  •  

काठमाडौं, १२ वैशाख (अाेएनएस) :मंगलबार राति मोटरसाइकल गस्तीमाहिडेका एक प्रहरी जवानको दुर्घटनामा परी ज्यान गएको छ भने एक प्रहरी जवान घाइते भएका छन् ।

सुवर्णावती गाउँपालिका वडा नं २ खुग्री रोल्पा घर भई वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत ओवीलाल गिरीको दुर्घटनामा परी ज्यान गएको दाङका प्रहरी प्रमुख दुर्गा सिंहले बताए।

दुर्घटना घोराही–रामपुर सडकखण्ड अन्तर्गत लक्ष्मीपुर चोकमा भएको थियो । गिरी र अधिकारी मंगलबार राति १२ बजेदेखि बुधबार बिहान ६ बजेसम्म यो क्षेत्रमा मोटरसाइल गस्तिमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बा २ प ११११ नम्बरको मोटरसाइलमा गस्तीमा रहेका बेला उनीहरु दुर्घटनामा परेका हुन्। दुर्घटनामा परेर गिरीसँगै गस्तिमा रहेका प्रहरी जवान बसन्तराज अधिकारी घाइते भएका हुन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •