त्रिशूलीमा ट्रक खस्यो

203
  •  
  •  
  •  

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूलीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब साढे दुई बजे वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।

इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल झरेको प्रहरीले जनाएको छ ।

ट्रक चालक सर्लाही जिल्ला चकरघट्टा गाउँपालिका–५ का ३२ वर्षीय मुकेश चौधरी ट्रकबाट हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •