अस्ट्रेलियामा सडक दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

365
  •  
  •  
  •  

काठमाडौं । अस्ट्रेलियाको राजधानी क्यानबेरानजिक सडक दुर्घटना हुँदा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
अस्ट्रेलियाको पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा शनिबार उनीहरुले चलाएको कार मोनारो हाइवेमा दुर्घटना भएको हो ।

दुर्घटनामा सिड्नीबाट उक्त स्थानमा जान हिँडेका १५ मध्ये ५ जना परेका छन् । अन्य १० जना क्यानबेरामै बसेका थिए भने ।

खाना खाएर ५ जनाको समूह भने एउटै गाडीमा स्नोई माउण्टेनका लागि राति नै हिँडेको थियो । दुर्घटनामा मृत्यु हुनेमा समीक्षा सुवेदी र गोपाल भण्डारी रहेका छन् ।

बिहान करिब ४ बजे भएको दुर्घटनामा सख्त घाइते दुईजनालाई भने हेलिकप्टरमार्फत उपचारका लागि क्याबेरा ल्याइएको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

अर्का सामान्य घाइतेलाई घटनास्थल नजिकको कुमा अस्पतालमा उपचार गराइएको छ । मृतकद्वयका साथै अन्य तीनजना सिड्नीको विश्वविद्यालयमा अध्ययन गरिरहेको थिए ।

स्थानीय सञ्चारमाध्यम एबिसीका अनुसार घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।


  •  
  •  
  •