दुर्घटनामा १२ घाइते

58
  •  
  •  
  •  

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं. १ खयरघारीमा दुर्घटनामा १२ जना घाइते भएका छन् ।

सोमबार बिहान यात्रुबहाक बससँग माइक्रो बस ठोक्किएर खोलामा खसेको हो ।  चितवनबाट काठमाडौं लागि छुटेको बा ५ ख २१५१ नम्बरको माइक्रोबस लु २ ख २१३४ नम्बरको बसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

बसले ठक्कर दिँदा माइक्रोबस करिव ३० मिटर तल खोलामा खसेको थियो । घाइतेमध्ये माइक्रोबसका दुईजना यात्रुको हात भाँचिएको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको छ ।


  •  
  •  
  •